इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ८ घर भएकी ६० वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ २८ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकी महिलाको उपचारका क्रममा आज बिहान ७ः३० बजे ज्यान गएको हो । मृतक महिलामा कुनै पनि दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।