इटहरीः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित भई निको भएका बालबालिकालाई गम्भीर रोगविरुद्ध प्रतिरक्षा शक्ति बढाउने खोप दिन आग्रह गरेको छ ।
सरकारद्वारा सञ्चालित खोप अभियानमा प्रदान गरिने बीसीजी, डीपीटी, पोलियो, दादुराजस्ता रोगविरुद्धका खोपहरुले बालबालिकालाई रोगसँग लड्ने शक्ति प्रदान गरी मजबुत बनाउने हुँदा खोप दिने कार्य नरोक्न मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले अपिल गरेको छ । कोरोना संक्रमित भई निको भइसकेका बालबालिकालाई स्वास्थ्यकर्मीको सल्लाह अनुसार सबै खोप पूर्ण मात्रामा लगााउनुपर्ने केन्द्रको भनाइ छ ।
खोपको मात्राबाट बालबालिका बञ्चित नहोस् भन्ने उद्देश्यले सरकारले निषेधाज्ञाका बाबजुद देशभरका स्वास्थ्य सँस्थाहरुबाट खोप अभियानलाई निरन्तरता दिएको मन्त्रालयको भनाइ छ ।