इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय सँस्था भोलिदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारीलाई मध्यनजर गर्दै हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्र सञ्चालनको अनुमति दिइएकोमा भोलिदेखि सार्वजनिक विदाका दिनबाहेक जहिलेसुकै सञ्चालन गर्न सकिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयले असार १४ गतेसम्म जिल्लाभर निषेधाज्ञा यथावत राख्ने निर्णय गरेको भएपनि स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखी बैंक तथा वित्तीय सँस्था सञ्चालनको अनुमति उपमहानगरपालिकाले दिएको हो ।