इटहरीः पाँचथरको याङवरक गाउँपालिका २ मिा पहिरोसँगै झरेको ढुंङ्गाले लागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङवरक गाउपालिका २ लेखेवाका ५८ वर्षीय टेकनाथ धौराली रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको टाउको र शरीरमा ढुङ्गाले लागी घट्नास्थलमा नै मृत्यु भएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार पहिरोमा परी सोही स्थानका ५२ वर्षीय खड्क बहादुर राई सामान्य घाइते भएका छन् ।

आज बिहान ७ः१५ बजे उनीहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरोसँगै आएको ढुङ्गाले लागेको थियो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फलैचा र सीमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि स्थानिय स्वास्थ्य चौकीमा पठाइएको प्रहरीले जनाएको छ ।