सप्तरीः करेन्ट लागेरर ट्युबवेल मिस्त्रीको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका–३ कटैयामा ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको हो । स्थानीयवासी मिठु माझीका अनुसार सञ्जीवका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।
दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइपले छोएपछि दुर्घटना भएको थियो । करेन्ट लागेको थाहा पाएर छोडाउन गएका शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । -रासस