इटहरीः सुनसरीको विभिन्न स्थानमा ओरन्टो मल्टिट्रेड प्रालिले राहत सामग्री वितरण गरेको छ ।

‘पिको’ सुनसरीको सहकार्य तथा ओरन्टो मल्टिट्रेड प्रालिको आयोजनामा एक लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री एक सय घर परिवारलाई वितरण गरिएको हो । कोरोना महामारीका कारण दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या भएको भन्दै खाद्यान्न सामग्री वितरण गरेको हो । दैनिक उपभोग्य सामानको अभावमा ती परिवारको चुल्हो नबलेको भन्दै केही समय भएपनि राहत हुने भन्दै सामग्री वितरण गरिएकोे मधेशा घर भई हाल विदेशी भूमिमा रहेका ओरन्टोका संस्थापक निर्देशक राकेश पन्तले जानकारी दिएका छन् ।

यसले कोरोनाका कारण खाना खान नपाएका समुदायको छक टर्ने उनले बताएका छन् । दैनिक ज्याला मजदुरी गरेर खाने समुदायको जीवन रक्षाका लागि राहत वितरण गरिएको ओरन्टोका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टले जानकारी दिए ।

01 03