सिक्किमः उदार हृदयी, सेवा भावना अनि असहायहरूको पीड़ा निको पार्न अनि समस्या समाधान गर्न भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले सहयोग पुर्याइरहेका छन् ।
२४ वर्षीया रजनी थापाको किड्नीले काम गर्न नसक्ने भई किड्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना भएको सुनेपछि उनको सहयोगका लागि मुख्यमन्त्री प्रेमसिंह तामाङले तत्काल सहयोग प्रदान गर्दै दिल्लीमा लगेर उपचार गराउने आफ्नो आधिकारिक फेसबुक पेजमा उल्लेख गरेका छन् । पश्चिम पाण्डामको रालोङ निवासी देउकुमारी थापाकी छोरी रजनी थापाको किडनीले काम गर्न छोड़ेको र छिटोभन्दा छिटो किडनी प्रत्यारोपण गर्नुपर्ने अवस्था आइपरेको आफूले विभिन्न सामाजिक सञ्जालबाट थाहा पाएपछि तत्काल पीडित परिवारसँग कुराकानी गरेको मुख्यमन्त्रीले बताएका छन् ।
मुख्यमन्त्रीले गरीब जनकल्याण प्रकोष्ठमार्फत् रजनीको सर्जरी गराउने र यसका लागि जतिसक्दो चाँड़ो दिल्लीस्थित अपोलो अस्पताल रेफर गरिने जानकारी दिए । सर्जरीमा लागेको सबै खर्च गरीब जनकल्याण प्रकोष्ठले व्यहोर्ने जनाउँदै मुख्यमन्त्रीले उनको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । गरीब जनकल्याण प्रकोष्ठले निरन्तर असहाय र राज्यबाहिर उपचार गराउनुपर्ने अवस्थामा पुगेका बिरामीहरूलाई सेवा पुर्याउँदै आइरहेको छ ।