धरानः सुनसरीको धरानस्थित मेघा कलेजले नयाँ शैक्षिक सत्रमा प्लस टु सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको शिक्षा नीति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालन गर्नुपर्ने व्यवस्थालाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो । गत शैक्षिक सत्रसम्म कक्षा १० सम्म र स्नातक तह सञ्चालन गर्दै आएको मेघा कलेजले यो वर्षबाट नेपालमा नै नयाँ विषयमा कक्षा ११ र १२ सञ्चालनमा ल्याउँदैछ । मेघाले यस सत्रबाट विज्ञान संकाय र व्यवस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ । विज्ञान संकायअन्तर्गत नेपालमै पहिलो पटक खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सुरु गर्ने भएको छ । यसैगरी, व्यवस्थापनतर्फ होटल म्यानेजमेन्ट पनि पठनपाठन गराउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

Polish_20210619_183528542

नेपालमा स्नातक तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भइरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तहबाटै व्यावहारिक शिक्षाबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने डाइरेक्टर घिमिरेले बताए । स्नातकमा पढाइ हुने विषयमा ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभूत ज्ञान प्राप्त गर्न सक्नेछन् । यो विषयमा १२ कक्षा उत्तिर्ण गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञानसम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा अस्पतालमा रोजगारको लागि दक्ष बन्ने उनले बताए । नयाँ विषय ल्याउन चुनौति भएता पनि उक्त विषयको पठनपाठन गराउन पूर्ण रुपमा तयारी भएको घिमिरेले बताए । नयाँ विषय सञ्चालनमा ल्याउँदा विशेष गरेर प्राध्यापकहरुकै समस्या हो तर मेघालाई प्राध्यापकको सवालमा त्यस्तो ठूलो चुनौती नभएको उनले बताए ।

IMG20210619094655

 

उनले बताए अनुसार धरानकै विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा आबद्ध रहेका दक्ष प्राध्यापकहरुबाट अध्यापन गराउने तयारी गरिएको छ । यसैगरी, आवश्यक प्रयोगशालाहरुको पनि निर्माण सम्पन्न भइसकेको छ जसको ३८ देखि ४२ लाख बराबरको लागतमा निर्माण भएको जानकारी कलेजले दिएको छ । यसका अतिरिक्त विज्ञान संकायअन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याउने उनले बताए । यसको लागि आवश्यक भौतिक संरचना तयार भइसकेको डाइरेक्टर घिमिरेले बताए । कलेजको योजना ११ र १२ कक्षा मात्र हैन भोलिको समयमा विश्वविद्यालय तहको लागि काठमाडौँ केन्द्रित विद्यार्थीहरुलाई धरानमा शिक्षा प्रदान गर्ने र धरानको नमुना कलेजको रुपमा शैक्षिक क्षेत्रको बलियो आधार बन्ने योजना समेत रहेको डाइरेक्टर घिमिरेले जनाएका छन् ।

IMG20210619092332