इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेहरुमा सुनसरीको धरान उपमहानगरपालिका ११ का ६६ वर्षीय र मोरङको सुन्दरहरैँचा नगरपालिका १० का ९९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार असार ३ गते कोरोना पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएका धरानका पुरुषको उपचारका क्रममा आज बिहान ४ः२० बजे ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि हाइपरटेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, सुन्दरहरैँचाका पुरुषमा असार १ गते संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना भएकोमा उपचारका क्रममा उनको आज बिहान ६ः२० बजे ज्यान गएको हो । मृतक पुरुष अण्डकोषको समस्याबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।