इटहरीः प्रदेश १ सरकारले मनसुनजन्य विपद्बाट बच्न सार्वजनिक अपिल गरेको छ ।

जल तथा मौसम पूर्वानुमान विभागले यस वर्ष साविकभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको र त्यसको संकेतसमेत देखिन थालेको जनाउँदै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सतर्कता अपनाउँदै विपद् प्रतिकार्यका लागि तयार रहन सर्वसाधारणमा अपिल गरेको हो । कोरोना महामारीका समयमा मनसुनजन्य विपद्का घटनाबाट बच्न बच्न मन्त्रालयले सबै सरोकारवालाहरुको सहकार्यमा प्रतिकार्यको पूर्वतयारी सुरु गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

appeal.