इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ८ सलकपुर का १५ वर्षीय आनन्द मेहताको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो साँझ ६ः३० बजे आफ्नै सब्जिबारीमा जाँदा सिँचाई गर्न जोडिएको मोटरको तारमा करेन्ट लागी घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा सोही दिन राति ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।