शान्तिको प्रतिकका रुपमा लिइने परेवालाई देशमा सम्बन्ध विच्छेदको कारक मानिएको छ ।

इन्डोनेसियाको जाभा प्रान्तमा सम्बन्ध विच्छेदको घटना बढ्नु परेवा कारक भएको छ । सुन्दै अचम्म लाग्ने यो घटना जाभा प्रान्तको पुर्वालिंगाको हो । जहाँ परेवाका कारण ९० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए । एक धार्मिक अदालतमा दर्ता भएका मुद्दामा पीडित महिलाले आफ्ना पतिले परेवा दौड प्रतियोगितामा पैसा गुमाएपछि आर्थिक संकट भएकोले सम्बन्धविच्छेद गर्न बाध्य भएको बताएकी छन् ।

आफ्ना पतिले परिवारलाई समय दिनुको साटो परेवा दौडमा दिनभरी व्यस्त हुने भएपछि आजित भएर यस्तो कदम चाल्न बाध्य भएको पीडित महिलाहरुले बताएका छन् । इन्डोनेसियाको प्रख्यात खेलका रुपमा रहेको परेवा दौडमा पुरुषहरूले हजारौं रकम दाउमा लगाउने गर्दछन् । इन्डोनेसियाको पुर्वालिंगामा अधिकांश पुरुष वेरोजगार छन्, महिलाहरु भने काममा व्यस्त हुन्छन् । -एजेन्सी