इटहरीः मोरङको सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय मनोहर मिया रहेको जिल्ला जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार आज बिहान ७ः१५ बजे भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले मियालाई आक्रमण गरेको थियो । मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा आक्रमणमा परी घाइते भएका थिए ।

घाइते मियालाई उपचारार्थ बिहान ८ः१५ बजे न्युरो अस्पताल विराटनगरमा पु¥याउन साथ उनको मृत्यु भएको डीएसपी राईले जानकारी दिए । हात्ती अहिले रतुवामाईतर्फ गएको छ प्रहरीले जनाएको छ ।