मुम्बईः बलिउड अभिनेत्री कंगना रनौतको पासपार्ट नवीकरण अपिलको ‘केस’लाई बम्बे उच्च अदालतले जुन २५ सम्मका लागि स्थगित गरेको निर्णय मंगलबार सुनायो ।
कंगनाले आफ्नो समस्याबारे सामाजिक सञ्जालमार्फत आफ्नो विचार पोखेकी छिन् । उनले यस मुद्दामा अभिनेता आमिर खानलाई जोड्दै मुम्बई सरकारले आफूलाई निसानामा पारेको संकेत गरेकी छिन् । उनले यस पोस्टको स्क्रिनसट गर्दै इन्स्टाग्राम स्टोरीमा पनि सेयर गरेकी छिन् । इन्स्टाग्राममा स्क्रिनसट सेयर गर्दै कंगनाले आमिरलाई पनि यसमा मुछेकी हुन् ।
उनी लेख्छिन्, “कृपया ध्यान दिनुहोस्, बीजेपी सरकारले भारतलाई अहिष्णु भनेको कुराको आमिर खानले विरोध गर्दा कसैले पनि उनको पासपोर्ट रोकेर चलचित्रको छायांकन रोक्न खोजेनन् । कुनै पनि पक्षबाट आमिरलाई टर्चर दिइएन् ।” उनले पोस्टको अन्तिममा ह्यासट्याग राखेर भनाइ मात्रै भनेकी छिन् । -इन्डियन एक्सप्रेसबाट