मुम्बईः बलिउड अभिनेता सोनु सुद कोरोना महामारीमा सुरुवातदेखि नै निरन्तर नागरिकको सेवामा खटिएका छन् ।
उनको कामले प्रशंसा बटुलेको छ । बम्बे उच्च अदालतले भने सोनुमाथि छानबिन गर्न निर्देशन दिएको छ । अदालतले सोनुले कोरोनसँग सम्बन्धित औषधिहरु कसरी पाए भन्ने विषयमा उनी र कांग्रेस विधायक जीशान सिद्दिकीमाथि छानबिन गर्न महाराष्ट्र सरकारलाई आदेश दिएको हो ।
उनीहरुविरुद्ध उजुरी परेको थियो । सरकारी वकिल आशुतोष कुम्भकोनिले सोनुले ती औषधिहरु फरक–फरक फार्मेसीबाट लिएको पाइएको र त्यसको छानबिन भइरहेको बताएका छन् । -नवभारत टाइम्सबाट