धरानः खोर नजिकै फोहोरमा भेटिएको मोबाइलको सिम चोरीको झुटो आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवति दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छन् ।

मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी देविका मगर र उनकी छोरी पुष्पा मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा गर्भवति २५ वर्षीया शोभा दर्जी नामले चिनिने डुक्का तामाङले मानसिक सन्तुलन गुमाएकी छन् । कुटपिटपछि मानसिक रोगी बनेकी शोभाको हाल धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । छिमेकी मगर परिवारले मरणासन्न हुनेगरी कुटपिट गरेपछि मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावका कारण घरैमा राखेको तर, अवस्था बिग्रँदै गएपछि औषधि सेवन गर्नुपर्ने दिमागी रोग भएकोले सबैको सल्लाहमा धरान ल्याइएको हो ।

IMG20210617134254

 

मानसिक रोगी शोभाको स्वास्थमा सुधार नभएपछि वडाध्यक्षको १५ हजार रुपेयाँको नगद सहयोगमा उनलाई उपचारका लागि १२ दिन अघिदेखि अस्पताल भर्ना गरिएको हो । प्रहरीले पनि उल्टो नराम्रो भन्दै गाली गरेको आरोप पीडितहरुले लगाएका छन् । उनको हाल बीपी अस्पतालमा हात खुट्टा बाधेर उपचार भइरहेको छ । अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार नआएको र खोलामा काम गरेर कमाएको केही पैसा पनि सकिइसकेको श्रीमान् उमेश तामाङले जानकारी दिएका छन् । उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाकी सात वर्षीया एक छोरी छिन् । हाल उनीहरुलाई महामारीको बेला उपचार खर्चसमेत नभएको र घटनामा संलग्नहरुले उपचार तथा क्षतिपूर्ति व्यहोर्नुपर्ने माग राखेका छन् ।