इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ घर भएकी ४६ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ १० गते संक्रमण पुष्टि भई उपचारार्थ १५ गते अस्पताल भर्ना भएकी महिलाको उपचारका क्रममा गएराति ९ः१५ बजे ज्यान गएको हो । मृतक महिलामा कुनै प्रकारको दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।