इटहरीः प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आंबुहाङ्गले मंगलबार प्रदेशसभामा कुल ३२ अर्ब ४६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
निर्वाचित भएर कार्यकाल सकिन लाग्दा प्रदेशको नामकरणमा नै अहिलेको सरकार रनभुल्ल देखिन्छ । यदाकदा प्रदेशको नाम किँराँत, सगरमाथा वा कोसी राख्ने हल्ला चलेपनि आहिलेसम्म प्रदेशको नामकरणको विषय टुङ्गिएको छैन । कोरोना महामारीका बीच प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कोरोना महामारीसँगै अन्य क्षत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।
प्राथमिकतामा परेका क्षेत्रहरुः
१. कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणको लागि परिक्षणको दायरा विस्तार, उपचारको व्यवस्था, स्वास्थ्य यन्त्र, उपकरण तथा सामग्रीको आपूर्ती निःशूल्क कोपको सुनिश्चितता तथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन ।
२. व्यवस्थीत स्वास्थ्य प्रणाली तथा स्वास्थ्य संरचनाका लागि पूर्वाधार विकासमा जोड तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि ।
३. कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि तथा कृषि क्षेत्रमा युवाहरुको परिचालन ।
४. उद्योग, व्यवसया, पर्यटन क्षेत्रहरुमा रोजगारि तथा स्वोरोजगारिका अवसरहरुको सिर्जना ।
५. निर्माणधिन तथा अधुरा आयोजनाहरुको निर्मांण कार्य सम्पन्न ।
६. लक्षित वर्गलाई जिवनचक्रमा आधारीत सामाजिक सुरक्षा र संरक्षण ।
७. जिवानपयोगि एवम् सिपमूलक शिक्षामा जोड ।
८. संघ र स्थानीय सरकारसँग सहयोग, समन्वय र सहकार्यमार्फत् सन्तुलित विकास ।
९. सबैप्रकारका भेदभाव अन्त्य गर्दै विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच ।
१०. नतिजामुखी शासकीय व्यवस्था र सुसाशन ।