इटहरीः प्रदेश १ सरकारले दुई अर्ब ९० करोड रुपैयाँको कृषि बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८\०७९ को बजेटमा समेटिएका कृषिसँग सम्बन्धित कार्यक्रमहरुमा धान, मकै गहुँ, कोदो, फापर, आलु, दलहनजस्ता बालीको उत्पादनलाई प्रोत्साहित गर्ने, कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकरण गर्ने, अर्गानिक कृषि अभियान सञ्चालन, कृषकलाई खेतियोग्य जमिन उपलब्ध गराउन भूमि बैंकका कम्तिमा ५० शाखा सञ्चालन गर्ने, दुध तथा दुग्धजन्य पदार्थमा प्रदेशलाई आत्मनिर्भर बनाउने, उन्नत पशु नस्लको विस्तार गर्ने, बहुमूल्य वनस्पतिको उत्पादन प्रवद्र्धन तथा बिक्रीका लागि स्वदेशमै लिलामी बजारको व्यवस्था गर्नेजस्ता विविध विषय समेटिएका छन् । प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमका लागिव पाँच करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कार्यक्रम आगामी आर्थिक वर्षदेखि प्रारम्भ हुनेछ ।