इटहरीः प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८\०७९ का मा शिक्षा क्षेत्रमा एक अर्ब १९ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
यो रकम विद्यालय शिक्षाको स्तरोन्नति, धार्मिक प्रकृतिका गुरुकुलु गुम्बाु मदरसा आदिको सम्वद्र्धन, पुस्तकालयको स्थापना तथा विद्युतीय पुस्तकालयमा स्तरवृद्धिजस्ता कार्यमा खर्च हुनेछ । प्रदेशभरका विद्यालयहरुको भौतिक अवस्था सुधारका लागि २३ करोड ४९ लाख रुपैयाँ खर्च गरिने भएको छ । मनमोहन प्राविधिक विश्वविद्यालयलाई पूर्वाधारसहित स्वायत्त संस्थाको रूपमा विकास गरिने लक्ष्य प्रदेश सरकारले राखेको छ । प्रस्तावित मदन भण्डारी प्रौद्योगिक महाविद्यालयको गठन र सञ्चालन गर्न आवश्यक कानुन निर्माण गरी सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।