मुम्बईः बलिउड अभिनेत्री कंगना रनौत र उनकी दिदी रंगोली बम्बे उच्च अदालत पुगेका छन् ।

कंगनाको पासपोर्ट नवीकरण गर्न विभागका अधिकारीहरुले नमानेपछि उनीहरु अदालत पुगेका हुन् । अधिकारीहरुलाई पासपोर्ट नवीकरण गर्न निर्देशन दिन माग गर्दै उनले निवेदन दिएकी हुन् । कंगनाको पासपोर्टको म्याद आउँदो सेप्टेम्बर १५ मा सकिने भएपछि उनले नवीकरणका लागि आवेदन दिएकी थिइन् । तर, बान्द्रामा उनीविरुद्ध एफआईआर दर्ता भएको भन्दै नवीकरण नगरिएको जनाइएको छ । कंगना आफ्नो नयाँ चलचित्र ‘धाकड’को छायांकनका लागि यही जुन १५ देखि अगस्ट ३० सम्म हंगेरी जानुपर्ने पनि निवेदनमा उल्लेख गरिएको छ ।

कंगना र उनकी दिदी रंगोलीविरुद्ध गत वर्ष कास्टिङ निर्देशक मुनावर अली सयुयदले एफआईआर दर्ता गराएका थिए । रनौत दिदी–बहिनीविरुद्ध दण्डनीय अपराधको लागि एफआईआर दर्ता गरिएको थियो । बलिउड हंगामाबाट