इटहरीः बेलायतका वैज्ञानिकले भिडभाडयुक्त ठाउँमा कोरोना भाइरसको उपस्थिति भए\नभएको पत्ता लगाउने विद्युतीय उपकरण बनाएका छन् ।

मानिसहरूको शरीरको गन्धको आधारमा भिडभाडयुक्त ठाउँमा कोरोना भाइरसको उपस्थिति भए÷नभएको विद्युतीय उपकरण कोभिड अलार्मले पत्ता लगाउने भएको हो । लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र डरहम युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको सामुहिक अध्ययनअनुसार कोरोना भइरसको एक फरक प्रकारको गन्ध हुन्छ जसलाई सेन्सरमार्फत पत्ता लगाइन्छ । वैज्ञानिकका अनुसार कोभिड अलार्मले १५ देखि ३० मिनेटभित्र नतिजा देखाउँछ । उक्त उपकरणलाई आउने दिनमा हवाइजहाजको क्याबिन, मानव सेवा सेन्टर, घर, कक्षाकोठा, अफिसमा प्रयोग गर्न सकिने वैज्ञानिकले बताएका छन् ।

क्याम्ब्रिज फर्म रोबोसियन्टिफिकद्वारा विकसित गरिएको उपकरणले परीक्षणको अवधिमा यसले ९८ देखि एक सय प्रतिशत सकारात्मक नतिजा देखाएको छ । कुनै ठाउँमा उपकरणले सङ्क्रमण छ भनेर पत्ता लगाएका कोठामा भएका सबै मनिसको जाँच गर्न जरुरी हुन्छ, किनभने यसले सङ्क्रमण कसलाई भएको भनेर पत्ता लगाउनुभन्दा पनि सङ्क्रमणको उपस्थिति मात्र पत्ता लगाउने हुन्छ । यसले लक्षण नदेखिएका सङ्क्रमितको पनि पहिचान गर्ने तथा चाँडो र शतप्रतिशत नतिजासहित सङ्क्रमण पत्ता लगाउने हुँदा भविष्यमा आउने महामारीमा उक्त उपकरण काम लाग्ने वैज्ञानिकले बताएका छन् । -द सनबाट