इटहरीः भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएको वृद्धको मृत्यु भएको छ ।
६८ वर्षका एक वृद्धको मृत्यु भएपछि खोपका कारण पहिलो मृत्युको पुष्टि भएको हो । भारतको केन्द्र सरकारको तर्फबाट खोपको साइड इफेक्टको अध्ययन गरिरहेको प्यानलले भाइरसविरूद्ध खोप लगाएका एक व्यक्तिको एनाफाइल्याक्सिस (गम्भीर तथा घातक एलर्जिक प्रतिक्रिया) को कारण मृत्यु भएको पुष्टि गरेको छ । सरकारको प्यानलले खोप लगाएपछि भएको ३१ जनाको मृत्युमाथि अनुसन्धान गरेपछि ६८ वर्षका एक वृद्धको मृत्यु खोप लगाएपछि एनाफाइल्याक्सिसका कारण भएको पुष्टि गरेको हो ।
खोप लगाएपछि भएको पहिलो मृत्युको कारणबारे अनुसन्धान गर्दा एनाफाइल्याक्सिस मृत्यु भएको पत्ता लागेको एइएफआईका अध्यक्ष डा. एनके अरोराले बताएका छन् । ती वृद्धको सन् २०२१ को आठ मार्चमा खोप लगाएका थिए । तीन थप मृत्यु खोपसम्बन्धी भेटिए पनि सरकारी प्यानलले कोभिड खोपपछि एक व्यक्तिको मृत्यु भएको मात्र पुष्टि गरेको छ । -इन्डिया टुडेबाट