इटहरीः इलामको फाकफोकथुम गाँउपालिका २ कोलबोटेमा बाटोमा चिप्लिएर लडेका एक व्यक्तिको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही स्थान घर भएका ५२ वर्षीय लालबहादुर राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेको अवस्थामा स्थानीयले राईको शव फेला पारेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।