इटहरीः मोरङको रतुवामाई नगरपालिका ९ स्थित भौडा चौकबाट प्रहरीले गएराति अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौकी इटहरा मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ वर्षीय सन्देश भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार इटहरास्थित प्रहरी चौकीबाट खटिएको टोलीले राति करिब ७ः४५ बजे अभियुक्त भट्टराईलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, एस्कफ २ बोतल र मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्त भट्टराईलाई जिल्ला अदालत मोरङबाट लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । अभियुक्त भट्टराई इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा रहेका छन् ।