इटहरीः गायिका अञ्जु गौतमले तिहारसँग सम्बन्धित रहेर गाएको गीत आज युट्युबमार्फत् रिलिज हुने भएको छ ।
विगत ५ वर्षदेखि दशैं, तिहार तथा तीजजस्ता पर्वमा नियमित रूपमा गीत रेकर्ड गराइरहेकी गौतमले भजन तथा लोकगीत पनि रेकर्ड गराएकी छिन् ।
दशैं अघि अडियो र दशैंपछि भिडियो रेकर्ड गरिएको तिहारसम्बन्धी नयाँ गीत ८ मिनेट लामो रहेको गौतमले बताइन् । इटहरीको पशुपति चोकस्थित एक घरमा छायाङ्कन गरिएको गीतमा गायत्री लम्साल अञ्जु गौतमको स्वर रहेको छ । गायक लम्सालको शब्दमा बलराम समालले सङ्गीत भरेका छन् । संयोग विष्टले तस्बिर तथा दृश्य खिचेको गीतको निर्देशन तुलसी घिमिरेले गरेको गौतमले बताइन् । पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको सो गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका छन् ।