चीनको कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिमा बिटक्वाइन माइनिङले प्रभाव पार्ने एक अध्ययनले देखाएको छ ।

युनिभर्सिटी अफ द चाइनिज एकेडेमी अफ साइन्सेज, सिंघुवा युनिभर्सिटी, कर्नेल युनिभर्सिटी र युनिभर्सिटी र सुरीका अध्ययनकर्ताको अध्ययनले यस्तो नतिजा देखाएको हो । सन् २०३० सम्ममा कार्बन उत्सर्जन उच्च विन्दुमा पुग्ने अपेक्षा गरेको चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, यो लक्ष्य हासिल गर्न बिटक्वाइन बाधक देखिने अध्यताहरुको निष्कर्ष छ । “उचित हस्तक्षेप र व्यवहारिक नीति नहुँदा चीनमा भइरहेको बिटक्वाइन ब्लकचेन कार्य निकै खरतनाक साबित हुनसक्छ । यसले कार्बन उत्सर्जन कम गर्न भइरहेको प्रयासलाई कमजोर तुल्याउन सक्छ,” प्रतिवेदनमा चेतावनी दिइएको छ ।

विश्वको ७५ प्रतिशत विटक्वाइन माइनिङ चीनमा नै हुने गरेको छ । विद्युत् महसुल कम पर्ने र बसोबासका लागि अविकसित रहेकाले चीनको ग्रामीण क्षेत्र बिटक्वाइन माइन गर्नेहरुको केन्द्र बन्दै गएको छ । बिटक्वाइन माइनिङ गर्न शक्तिशाली कम्प्युटरको प्रयोग गर्नुपर्ने भएकाले धेरै विद्युत् खपत हुन्छ । सन् २०१६ मा चेक रिपब्लिक र कतारले गरेका कुल कार्बन उत्सर्जनभन्दा चीनमा बिटक्वाइनका कारण हुने उत्सर्जन अधिक रहेको बताइएको छ । चीनमा सन् २०२४ देखि बिटक्वाइनमा खपत हुने विद्युतको मात्रा इटाली र साउदी अरेबियामा खपत हुने कुल विद्युत्भन्दा बढी हुने अनुमान गरिएको छ । -बीबीसीबाट