इटहरीः नेपाली सिने क्षेत्रका चर्चित तथा वरिष्ठ नृत्य निर्देशक गोविन्द राइले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गीत ’बिस्तारै बिस्तारै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गीत ’बिस्तारै बिस्तारै’ निर्देशक गोविन्द राइले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् । गीतकार राजेशकुमार श्रेष्ठको शब्द तथा एलिश कार्कीको संगीत रहेको भिडियोलाइ गोविन्द राइले निर्देशन गरेका छन् भने ज्ञानु सुब्बाले कोरियोग्राफी गरेका छन् ।

दीपेन बस्नेतको छयांकन तथा सम्पादन रहेको सार्वजनिक भिडियोमा पछिल्लो समयकी चर्चित नायिका एलिजा गौतम र अभिनेता यशराज गराचलाइ फिचर गरिएको छ ।