धरानः धरान–१४ स्थित दन्तकाली मन्दिरमा हर्षोउल्लासका साथ फूलपाती भित्र्याइएको छ ।

नव दुर्गा भवानीलाई पूजा गर्नको लागि नौ वटा फूल (नवपत्र) भित्र्याइएको हो । वैदिक विधि अनुसार अनार, धान, बेसार, केरा, माने, केचु, बेल, अशोक, र जयन्ती भित्र्याइएको हो । विधि अनुसार बोकाको बली दिएर फूलपाती भित्र्याइएको हो । अनुष्ठानमा बसेका मन्दिरका पुजारी राम भण्डारी, विष्णु खतिवडा र प्रवेग पोख्रेलले सङ्कलन गरेको नवपत्रलाई डोली बनाइएको थियो ।

सो डोलीलाई मन्दिरका पुजारी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले दन्तकाली मन्दिर परिसरबाट बोकेर विजयपुर चोक, पिण्डेश्वरी मन्दिर हँुदै पुनः दन्तकालीमा ल्याएर बोकाको बली दिएर भित्र्याइएको थियो । फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाले सलामीसमेत अर्पण गरेका थिए । त्यस्तै, सशस्त्र प्रहरीले ब्याण्ड बाजा बजाएका थिए ।

dharanma foolpati  (1) dharanma foolpati  (4) dharanma foolpati  (2) dharanma foolpati  (9) dharanma foolpati  (3) dharanma foolpati  (6) dharanma foolpati  (8) dharanma foolpati  (5) dharanma foolpati  (10) dharanma foolpati  (7)