इटहरीः नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका प्रतिक्षा केसी र गायक राजु परियार तथा रामु विरहीको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘लेउ न चाखम् मैया’ को भिडियो डिजिटल बजारमा गल्कोट म्युजिकमार्फत सार्वजनिक भएको छ ।

गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘लेउ न चाखम् मैया’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका पारुले बताइन । गीत रामु बिरहीको शब्द तथा संगीतमा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । नवराज उप्रेतिको छायाँकन, विष्णु शर्माको सम्पादन तथा प्रकाश भट्टको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा विनोद श्रेष्ठ, रन्जिता गुरूङ्ग, सरोज लामा र गायिका पारु केसी समेतको अभियन रहेको छ ।