इटहरीः नेपालमा अहिले युवादेखि वृद्धसम्म स्टाण्डअप कमेडीको क्रेज बढिरहेको बेला पहिलो पटक मण्डला होलिडेजले कमेडी क्लब नेप–ग्याजमसँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्टाण्डअप कमेडियन्सलाई भोटेकोशी लगी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेप–ग्याजमका कम्पनी डायरेक्टर शरद श्रेष्ठले जानकारी दिएका छन् । उक्त कार्यक्रम यही माघ २३ गते शुक्रबारका दिन हुनेछ भने कार्यक्रममा लेखमणी त्रिताल, उमेशकुमार गौतम र डोरेश खतिवडाको प्रस्तुति रहने छ ।

मण्डला होलिडेजले केही वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । केही समयदेखि कोरोना महामारीका कारणले सबै व्यापार व्यवसायलाई असर पारेको अवस्थामा अहिले नेपग्याजमसँगको सहकार्यमा पहिलो पटक पार्टी बसमा यसरी स्टाण्डअप कमेडीको आयोजना गर्न लागेको हो । साथै उक्त पार्टी बसमा नामजस्तै पार्टी, डान्स, म्यूजिक, ड्रिङससमेत हुने र भोटेकोशी पुगेर राम्रो खाने बस्ने पनि सुविधाको साथै स्टाण्डअप कमेडी सँगसँगै बिच गेम्स पनि रहेको हुदाँ हास्य प्रेमी दर्शकहरु समयमै आफ्नो सिट बुकिङ्ग गरि पार्टी बसका साथै भोटेकोशीमा रमाइलो गर्न आयोजकले अनुरोध गरेको छ ।