इटहरीः नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउंदै गएकी गायिका अनु चौधरीको एक पछि अर्को उत्कृष्ट गीतहरु रिलिज हुने क्रममा नयाँ गीत “परे म त दोधारैमा “को म्युजिक भिडियो इरलुङ्ग पिपरी युट्युब च्यानलमार्फत् रिलिज गरिएको छ ।

लोक राईको रचना, मान थुलुङ्गको संगीत र कुमार थापाको संगीत संयोजन रहेको गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग मिन बिष्टले गरेका छन् । जेनेक्स मिडियाले निर्माण गरेको भिडियोमा गायिका अनु चौधरी स्वयंको अभिनय रहेको छ ।