इटहरीः आज बेलुका ५ बजे निधन भएका संगीतज्ञ इटहरी २ निवासी राम धामी शब सबै प्रकृया पुर्याएर उनको निवासमा ल्याइदैछ । केही बेरपछि उनको शब घरमा ल्याई पुर्याउने साधना संगीत प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए ।

उनका अनुसार संगीतज्ञ धामीको पार्थीव शरीरलाई भोलि अर्थात सोमबार बिहान ८ बजेदेखि १० बजेसम्म आँपगाछी स्थित संगीत साधना प्रतिष्ठानको कार्यालय परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि मात्र अन्त्येष्टिका लागि इटहरी स्थित गंगा जमुना मुक्तिघाट लगिने महासचिव केसीले बताए ।
उनको निधनप्रति इटहरी लगायत देशभरीका हरेक क्षेत्रका व्यक्तिहरु र विदेशमा रहने संगीतप्रेमीहरुले सामाजिक सञ्जाल मार्फत गहिरो दुःख व्यक्त गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुको साथै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।