इटहरीः पोखरामा रहेर गीत संगीत सम्पादन गर्दै आएका सम्पादक सुबास अम्गाई र छायंकन गर्दै आएका गणेश सापकोटाले यस वर्षको सर्वोकृष्ट लोक दोहोरी सम्पादक तथा छायंकन अवार्ड हात पारेका छन् । काठमाण्डौंमा सम्पन्न नेशनल पावर म्युजिक अवार्डबाट उनीह? सर्बोकृष्ट छानिएका हुन् । बिगत लामो समय देखी पोखरामा रहेर म्युजिक भिडियो उत्पादनमा तल्लीन रहेका द्वय अम्गाई र सापकोटालाई नकुल ढकाल नबिनको संदेशमुलक गीत मुखियाका नातीबाट अवार्ड प्रदान गरिएको हो । गीतमा नकुल ढकाल सहित बसन्त थापाको आवाज छ भने भिडियोको निर्देशन तारानाथ आचार्यले गरेका हुन् ।

अवार्ड प्राप्त गरेपछि आफूलाई झन जिम्मेवारीबोध भएको अम्गाईले बताए । टेलिभिजन पत्रकारीता र प्राविधिक क्षेत्रमा राम्रो अनुभव बटुलेका अम्गाई फलानो क्रियशनका संचालक समेत हुन् । पोखरामै केही गर्न सकिन्छ भनेर नै करिब ८ बर्ष अघि अपिल त्रिपाठी, सरोज अधिकारीह?संग मिलेर फलानो क्रियशन निर्माण गरिएको र हाल सम्म सयौ गीतसंगीत तथा फिल्म, टेलिभिजन बिज्ञापनह? उत्पादन गरिएको उनले बताए ।

गण्डकी टेलिभिजनमार्फत पत्रकारीतामा प्रवेश गरेका अम्गाई फेवा टेलिभिजनको सु?वती चरणबाटै प्रोडक्नस प्रमुख हुँदै प्रशारण बिभागको जिम्मेवारीमा रहेर समेत काम गरेका थिए । सम्पादन र छायंकनको समेत अवार्ड हात परेपछि पोखरामा पनि उत्कृष्ट भिडियोह? उत्पादन हुन्छन् र पोष्ट प्रोडक्सनका सबै कामह? गर्न अब राजधानी ताक्नु पर्दैन भन्ने कुरा प्रमाणित गरेको समेत उनले बताए । सर्वोकृष्ट छायंकनको अवार्ड प्राप्त गर्ने गणेश सापकोटा पनि बिगत लामो समय देखी गीत संगीतको छायंकन तथा उत्पादनमा क्रियाशिल क्यामरा मेन हुन् ।

अवार्डले आफूमा थप उर्जा मिलेको बताउँदै सापकोटाले सबै कुराह? राजधानीमा मात्र छ र हुन्छ भन्ने मासिक्ताबाट पछि हट्न सबैमा आग्रह गर्छन् । मोफसलमा पनि राम्रा र उत्कृष्ट कामह? हुने कुरा यस अवार्डले देखाएको समेत बताए । मुखियाको नाती गीतको छायंकनीय पक्ष मन पराईदिएकोमा सबै दर्शकह?लाई धन्यवाद दिदै गीतको छायंकनका लागी अवसर प्रदान गर्ने गीतका सर्जक नकुल ढकाल र निर्देशक तारानाथ आचार्यलाई समेत उनले समेत धन्यवाद दिए । उनले भने एउटै गीतको छायंकन र सम्पादन पक्ष सर्बोकृष्ट हुनु भनको गीतको निर्देशन र शब्दचयनको पक्ष पनि राम्रो हुनु हो ।