इटहरीः लामो समयदेखि मुटु रोग, युरिक एसिड, सुगर, प्रेसर, थाइराइडजस्ता दीर्घरोगबाट पीडित सुनसरीको धरान उपमहानगरपालिका बस्ने लोक गायक सुरेश गन्धर्वको स्वास्थ्य अवस्था अचानक बिग्रिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि छोरी तारा गन्धर्वको सहयोगमा उनी हिजो शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारार्थ भर्ना भएका छन् । केही समयअघि मात्र स्वास्थ्य अवस्था जटिल भई बीपी प्रतिष्ठानमै उपचार गराई सामान्य अवस्थामा फर्किएका गायक गन्धर्व पुनः अस्वस्थ भएका हुन् ।