उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा देशभर चिसो बढेको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम भने १६ देखि १८ डिग्रीसम्म पुग्ने जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागेको विभागको भनाइ छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली हुने अनुमान छ ।

मौसम पूर्वानुमान बुलेटिन

(जारी मितिः २०७७–०९–०४, बिहान ०६ः०० बजे)

मौसम विश्लेषण

हाल देशमा उत्तर – पश्चिमी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष ४ गते (शनिबार)

दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । राती स् प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते (आइतबार)

दिउँसो स् प्रदेश नं १ र गण्डकी प्रदेशका भू(भागहरुमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । राती स् कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेश भू(भागहरुमा आंशिक बदली रही बाँकि भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)

दिउँसो स् कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती स् कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू(भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन हुन सबैमा अनुरोध छ। साथै तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।