धरानः धरानकी मोडल आङसाङ लिम्बूले आफ्नो २२ औं जन्मदिन आश्रमका ज्येष्ठ नागरिकहरूसँग मनाएकी छिन् ।

धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरका ५३ जना ज्येष्ठ नागरिकलाई बिहानको खाना खुवाएर उनले आफ्नो जन्मदिन मनाएकी हुन् । आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई उनले दूध, चिउरा, पनिरलगायतका खानेकुरा खुवाएकी हुन् ।

आमा गायिका हर्षु राईले आङसाङलाई टीका लगाइदिँदै जन्मदिनमा आशीर्वाद दिएकी थिइन् । आङसाङले आश्रमका आमाबुवासँग आफ्नो जन्मदिन मनाउन पाएकोमा खुशी व्यक्त गरिन् । दन्त चिकित्सक अन्तर्गत उनी स्नातक चौथो वर्षमा अध्ययनरत छिन् ।

अध्ययन पूरा गरेर भविष्यमा सो आश्रमका आमाबुवालाई सेवा गर्ने पनि उनले बताइन् । आङसाङले यसअघि पनि आफ्नो जन्मदिन यसरी नै विभिन्न आश्रममा आश्रितलाई खाना खुवाएर मनाउने गरेको आमा हर्षु राईले बताइन् । सो आश्रममा ५० वर्षदेखि १ सय ४ वर्षसम्मका ज्येष्ठहरू आश्रित छन् ।

आश्रममा दैनिक जसो विभिन्न ठाउँका मानिस आएर विभिन्न सामग्री प्रदान गर्ने गरेको आश्रमका व्यावस्थापकमध्येका पद्मप्रसाद काफ्लेले बताए । स्वर्गीय रामनारायण श्रेष्ठको अगुवाइमा २०४० सालमा मलामी बस्ने घर निर्माण गरिए पनि पछि त्यसैलाई वृद्धाश्रम बनाइएको आश्रमकी व्यवस्थापक कमला दाहालले बताइन् ।

AANGSANG PIC