इलामः इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए ।
‘कृष्ण लिला’मा पानीटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र निर्देशन गरिसकेका छन् ।
चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य अभिनय रहेको छ भने सहायक भूमिकामा बुद्धि तामाङ, रवीन्द्र झा, ह्युमला गौतम, किशोर सम्वाहाम्फे लगायतको भूमिका रहनेछ ।
एक करोड ५० लाख खर्च अनुमान गरिएको चलचित्र कोरोना संक्रमण सामान्यनै रहयो भने आउँदो ‘भ्यालेन्टाइन डे’मा नभएमा नयाँ वर्षमा रिलिज हुने गर्ने तामाङको भनाइ छ । महामारीको समयमा लगानि कम हुन्छकि भनेर शुरु गरेको तर सोचे जस्तो नभएको अर्का निर्माता रत्न श्रेष्ठ बताउँछन ।
फिल्म मात्र हैन इलाम चिनाउन धेरै गित पनि गुन्जिएका छन । गित मार्फत पनि इलाम जो कोहिको मनमा बसिसकेको पाइन्छ । जताततै चियाका बुटाहरु देख्ने भएकाले इलामको यात्रामा निस्किने जुनसुकै यात्रीको मन हरियो चियाको बोटले लोभ्याउँछ । कन्याम आइपुगेपछि सवारीसाधनभित्रै बाट दाँयाबाँया तलमाथि जताततै चिया नै चिया देखिँदा जो कोहीको मन फुरुङ्ग हुन्छ ।
नाङगो पाखामा अहिले हरियाली फाँट र बस्तीमात्रै देखिने इलामका आर्कषक चिया प्रशोधन कारखानामा चिया पेलिदै गरेको आवाज र पिउँपिउँ लाग्ने चियाको मगमग बासनाले हरेकको मन लोभ्याउने गरेको छ । इलामका रमणीय क्षेत्रमा पछिल्लो समय फिल्म र म्यूजिक भिडियो सुटिङ गर्ने क्रम मौलाएको छ ।
‘क्याप्टेन’ले पनि इलामको सुन्दरतास“गै फुटवल क्रेज समेटेर सुटिङ भएको थियो । ‘म यस्तो गीत गाउ“छु २’ पनि इलामका विभिन्न पर्यटकीय स्थलसहित पा“चथरको साधुटार, चाररातेलगायत क्षेत्रलाई समेटिएर सुटिङ गरिएको थियो । यो गीतमा इलामको पानीटार, इलाम चियावगान, माइपोखरी, गुफाथुम्की, टारी, पा“चथरको साधुटार लगायतका ठाउ“हरु समेटिएका छन् । यस गीतमा पल शाह र पुजा शर्माको अभिनय छ । यसले गीतको आनन्दस“गै इलामको सौन्दर्य बुझ्न सघाउपुर्याएको छ ।
‘आप्पा’ फिल्मको सन्दकपुरको मनोरम दृश्य फिल्ममा उतार्यो । ‘हाइवे’ फिल्म, र ‘मेरो एउटा साथी छ’ फिल्मे ‘गाला रातै’को दृष्यपनि इलामकै थियो । त्यस्तै ‘प्रेम दिवश’ले इलामको सन्दकपुर, ढापपोखरी, अन्तु, कन्यामलगायतको क्षेत्र समेटिएको छ ।
इलाम घुम्न आएका धेरैले चलचित्र र गीतमा देखिएको सुन्दरताका कारण नै गन्तव्यमा परेको प्रतिकृया दिने गरेका छन् । इलामको सौन्दर्यलाई इतिहासविद्ध युद्धप्रसाद बैद्य भन्छन इलाम नकुदिएको हिरा हो यसलाई कुद्ने शिल्पीको खाचो छ ।’ विशेषगरी इलाम सदरमुकाम, कन्याम, करफोक, पशुपतिनगर, सन्दकपुर, माइपोखरी अनि नयाँ पर्यटकीय गन्तव्यका रूपमा उदाएका अन्तुडाँडा, भालुढुंगा, ढापपोखरी,पाटेनागी लगायतले पनि फिल्मकर्मीको ध्यान खिच्दैछन् ।