विराटनगरः नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले क्षमतावान युवायुवतीको प्रतिभा उजागर गर्नका लागि अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
बिराटनगरमा ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को ट्यालेन्ट राउण्ड कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले यस्तो बताएका हुन् । गाउँ–गाउँमा प्रतिभावान युवायुवती भएर पनि अवसर नपाउँदा उनीहरू ओझेलमा परेको डा. शर्माको भनाइ छ ।
नृत्य, गायन, अभिनयलगायत विभिन्न बिधाका प्रतिभा गाउँ–गाउँमा रहेको भन्दै डा. शर्माले उनीहरूमा भएको प्रतिभा उजागर गर्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । थारु समुदायका युवायुवतीको प्रतिभा उजागर गर्ने कार्यक्रम भएकाले नोबेलले थारु आइकनको प्रायोजन गरेको उनले बताए ।
डा. शर्माले थारु आइकनबाट उत्कृष्ट एक जनालाई नोबेल मेडिकल कलेजमा निःशुल्क पढ्ने व्यवस्था मिलाइदिने घोषणासमेत गरेका छन् । थारु कला केन्द्रको आयोजनामा सञ्चालित थारु आइकनको फाइनल असोज २७ गते विराटनगरमा हुने भएको छ ।