इटहरीः गायक तथा संगीतकार प्रेम घिमिरेले आज आफ्नो जन्मदिन इटहरी स्थित माया घर नेपालमा मनाएका छन् । माया नपाएकाहरुलाई आश्रय तथा संरक्षण दिईरहेको माया घर नेपालमा रहेका ५५ भन्दाबढी आमा, दिदि,बहिनी तथा बालबालिकाहरु बीचमा गायक तथा संगीतकार घिमिरेले आफ्नो जन्मदिन मनाएका हुन् । आज बिहान एक कार्यक्रमको आयोजना गरि गायक  घिमिरेले आफु संगीतकर्मसंगै सामाजिक सेवा कार्यमा पनि सक्रिय हुदै जान योजनाका साथ आफुले माया घर नेपालमा रहेका सबैसंग जन्मदिन मनाएको बताए ।

123101289_691673828154976_4604480335839086053_n

उनले बाहिरका साथीभाई पनि मेरा लागि उत्तिकै हुन् । मेरो संगीत र गीतलाई मन पराउनेहरु प्रति नी म उत्तिकै नतमस्तक छु । तर,आज कहि कत्तैबाट माया नपाएर माया घरको आश्रयमा बस्नेहरुसंग आफ्नो जन्म दिन मनाउन पाउँदा आफुलाई सौभाग्यशाली ठानेको बताए । उनले आफु संगीतमा लागेर समाज परिर्वतनसंगै सामाजिक कार्यमा पनि लाग्ने ठूलो इच्छा, चाहना र योजना अनुसार औपचारिक रुपमै आजबाटै समाजिक कार्यमा अग्रसर भएको घोषणा पनि गरे । मोरंगको सुन्दरहरैंचा स्थायी घर भएपनि काठमाण्डौंमा बसेर ललितकला क्याम्पसबाट संगीतमा डिग्री हासिल गरेका उनले अब काठमाण्डौं फर्कनसाथ प्रेम घिमिरे फाउन्डेशन दर्ता गरि सामाजिक कार्यलाई थप औपचारिकता र कानूनी मान्यता दिने बताए ।

123169070_1097640224028735_8162950478447585237_n
संगीतकार घिमिरेले माया घर नेपालमा केक काट्नुका साथै एक छाँक खाना खुवाएर सबैसंग खुसी बाँडेका थिए । उनले आफु पुनः माया घरलाई माया गर्न बेला बेलामा आउने बचन पनि दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले आफ्ना केही गीतहरु सबै सामु पस्केर केही बेर मनोरञ्जन पनि दिएका थिए ।
घिमिरेको जन्मदिन बिषेश कार्यक्रम माया घर नेपालकी उपाध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको थियो । अध्यक्षको आशनबाट बोल्दै थापाले संगीतकार घिमिरेले जन्मदिनमा अनावश्यक खर्च गर्ने अहिलेका युवा पीढीलाई राम्रो सामाजिक सेवाको उदाहरण पस्केको बताइन् । घिमिरे जस्ता मानवीय सेवा भाव भएका मनहरुबाटै माया घर संचालन भईरहेको बताइन् ।

उनले माया घरमा रहेका स सना नानीहरुको पढाई प्रति आफुहरु चिन्तित रहेको बताइन् । अब चाँडै नै उनिहरुको पढाई उज्वल भबिष्यका लागि घर भाडामा लिएर भएपनि शिक्षा दिक्षाको कार्य अगाडी बढाउने योजना रहेको सुनाइन् । उनले त्यसका लागि माया घरलाई जसरी माया गर्नु भएको छ, मनभएकाहरुलाई थप माया गर्न अनुरोध पनि गरिन् । माया घर नेपालकी सचिव सुभद्रा प्याकुरेलले माया घर नेपाललाई सम्झिएर आफ्नो जन्मदिन मनाउन माया घरसम्म आएकोमा संगीतकार घिमिरे प्रति आभार प्रकट गरिन् । जन्मदिन कार्यक्रममा साजन भण्डारीले स्वागत मन्तब्य राखेका थिए ।

 

123167631_360451931843984_3740270007721760351_n 123010896_720065768606018_6962166995717806448_n 122918429_416045779790461_7952797145702585576_n 122998302_371372087415792_6864805193456359300_n 123140174_430864824980010_8920223666744272108_n 122903089_1684552941721060_1364035921488835644_n