धरानः साँझको करिब सवा ८ बजेको थियो । कन्दरा समूह स्टेजमा उक्लियो । दर्शकले हुटिङ गर्दै तालीले स्वागत गरे । ‘विदेशिएर गइन् उनी...’ बोलको गीतबाट कन्दराले आफ्नो प्रस्तुति प्रारम्भ ग¥यो । त्यसपछि ‘कहाँ हिँडेकी...’, ‘भेडी गोठैमा...’, ‘फूलचोकीको डाँडैमा...’, ‘तगारोमा रुमाल राखी...’ ‘लेककी हे माया...’, ‘हङकङ पोखरा...’ ‘तिमी पारी त्यो गाउँमा....’लगायतका करिब २ दर्जन आफ्ना चर्चित गीत कन्दराले प्रस्तुत ग¥यो ।

करिब दुई दशकको अन्तरालपछि पोखरेली ब्याण्ड ‘कन्दरा’ धरानमा सोमबार साँझमा गुञ्जिएको हो । धरान–१२ स्थित पब्लिक माविको खेलमैदानमा कन्दराले कन्सर्ट गरेको हो । धरानमा कन्दराको १९ वर्षपछिको प्रस्तुति हो ।

kandara (2)

‘लेककी हे माया...’ बोलको गीत कन्दराले २ पटक गाउनुप¥यो । त्यतिन्जेल करिब रातको १० बजिसकेको थियो । प्रस्तुतिको क्रममा कन्दराका भोकलिष्ट विवेक श्रेष्ठले धरानको तारिफ गर्दै धरान सङ्गीतको उर्वर भूमि भएको बताए । २ दशक अघि गणेश टाकिज हलमा कन्सर्ट गरेको तर, अहिले रातिसम्म पनि धरानमा यस्तो क्रेज देखेको भनी उनले दर्शकलाई फुक्र्र्याए । पब्लिक स्कुलको खेलमैदान दर्शकले भरिभराउ थियो ।

कन्दराले पूर्वेली लोक गायक खेमराज गुरुङलाई सम्झँदै ‘वारी जमुना, पारी जमुना...’ गीत गाएको थियो । लोक सङ्गीतका धरोहर गायक तथा सङ्गीतकार दिवङ्गत राम थापालाई सम्झँदै ‘लेकाली हे..चोयाको डोको...’ बोलको गीत प्रस्तुत गरेको थियो ।

कन्दराका अधिकांश गीतमा दर्शकले साथ दिएका थिए । नेपाल नेचुरा कम्पनीले प्रायोजन गरेको कन्सर्टको व्यवस्थापन सिल्भर इन्टरटेनमेन्टले गरेको थियो । कन्दराले यसअघि दमक र बिर्तामोडमा पनि आफ्नो प्रस्तुति दिएको थियो ।

kandara (3)