विराटनगरः धितोपत्र र सेवा प्रवाहको ज्ञान दिने उद्देश्यसहित विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी हुने भएको छ ।

एउटै थलोबाट सेवासमेत प्रदान गर्दै धितोपत्र बारेको ज्ञान नागरिकमा दिलाउन पूँजी बजार प्रदर्शनी मेला आयोजना हुने भएको हो ।
२ दिनसम्म चल्ने मेला नेपाल धितोपत्र बोर्डले आयोजना गर्न लागेको मङ्गलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आगामी असोज १९ र २० गते लाग्ने मेलामा धितोपत्रका विषयमा बुझ्नेदेखि आर्थिक, बैकिङ र पूँजी बजार बारेका पुस्तकसमेत प्रदर्शनीमा राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्रमा लगानीकर्ताका हक हित संरक्षण तथा धितोपत्र र वस्तु विनिमय बजारका बारेमा जानकारी गराउन प्रदर्शनीको आयोजना गर्न लागिएको जनाए । मेलामा पूँजी बजारका २० स्टल राखिने बताइएको छ ।