इटहरीः नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक विक्रेता छनोटका निम्ति २०७७ साल साउन २२ गते प्रथम पटक र २०७७ भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरेकोमा निर्धारित सर्तहरूका अधीनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता समेत भएको छ । सम्झौतापत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् ।

DSC_7134
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्र लगायतका विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकाहरूलाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पु¥याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे ।
सोही क्रममा मकालु प्रकाशन गृहका वासुदेव ढकालले प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरू सम्झौताबमोजिम नै देशका सबै भागमा र विदेशमा समेत पु¥याउने प्रतिबद्धता जाहेर गरे । सो सम्झौता हस्ताक्षरका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. हेमनाथ पौडेल र डा. देवी नेपाल तथा प्रशासन प्रमुख सुमन अधिकारी एवम् मकालु प्रकाशन गृहका व्यवस्थापक राजेन्द्र ढकाल लगायतको उपस्थिति रहेको थियो ।