इटहरीः सुनसरीका अधिकांश भू–भागसहित देशभर केहि दिनदेखि वर्षा जारी छ । लगातारको वर्षाले ठूला तथा साना नदिहरुमा पानीको वहाव पढेको छ ।

नेपालकै ठूलो नदि सप्तकोशीमा भने पानीको वहाव खतारको सूची भन्दा कममा रहेको कोसी व्यारेक प्रहरीका सहायक प्रहरी निरिक्षक कुल बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार सप्तकोशीमा आज(शुक्रबार)विहान पानीको वहाव १ लाख २१ हजार ८ सय क्यूसेकको हाराहारीमा रहेको छ । ‘लगातारको वर्षाले पानीको वहाव बढेको हो की भनेर मानीसमा संका उत्पन्न भएको छ तर सप्तकोशीमा पानीको वहाव खतराको सूची भन्दा निकै कम छ’, उनले भने ,

सहायक प्रहरी निरिक्षक खत्रीका अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख क्यूसेक भन्दा माथि पुगे खतराको बत्ती बाल्ने गरिन्छ । उनका अनुसार केहि दिनदेखि परेको वर्षा पनि सप्तकोशीको उच्च वहाव १ लाख ४० हजार र न्यूनतम वहाव १ लाख १५ हजारसम्म पुगेको थियो ।

अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती सात सहायक नदि मिलेर बनेको सप्तकोशीका अधिकांश नदिको उत्गमस्थल हिमालमा छ । हाल नेपालको हिमाली तथा पहाडी भेगमा पनि अधिक वर्षा भएकाले सप्तकोशीको वहाव बढ्ने सम्भावना छ । तर पनि यतिकै मात्रामा वर्षा भए डराउनुपर्ने अवस्था नरहेको सहायक प्रहरी निरिक्षक खत्रीले जानकारी दिए ।