इटहरीः सरकारले स्थानीय तहबाट रासायनिक मलको बिक्री वितरण सुरु गर्ने भएको छ । मलको अभाव नियन्त्रण गर्न स्थानीय तहमा मल बिक्र्रीको अधिकार दिने नीति अख्तियार गरेको कृषि तथा पशुपन्छि विकास मन्त्री घनश्याम भुषालले बताए ।

विराटनगरमा कार्यकर्तासँग छलफलका क्रममा उनले मलको दुरुपयोग रोक्न स्थानीय तहबाट बिक्रीको योजना ल्याएको बताए । मल वितरण र सोको अनलाइन अपडेट प्रकाशन गर्ने कार्यविधि पारित भइसकेको उनले जानकारी दिए ।

ठेकेदारले न्यून मूल्यमा ठेक्का लिएर आपूर्ति नगर्दा सरकार आलोचित भएको उनको भनाइ थियो । मल आपूर्ति नियमित गर्न नीतिगत सुधार भइरहेको उनको जिकीर छ । मल आयातमा पनि पेट्रोलियम पदार्थमाजस्तै स्वचालित मूल्य कायम हुने उनले बताए ।