पथरीःनेपाल कम्युनिष्ट पार्टी लेटाङले अनेमसंघको कमिटि गठन गरेको छ ।
नेकपा निकट अखिल नेपाल महिला संघ, लेटाङले हिजो बिहीबार स्थानीय महिला अधिकारकर्मी र पार्टी कार्यकर्तामाझ सम्पन्न भेटघाट र बृहत्तर विषयगत छलफलपछि १५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
लेटाङ नगर पार्टी कार्यालयमा सम्पन्न यो बृहत् भेलाको अध्यक्षता आयोजकका हैसियतले पार्टी अध्यक्ष कृष्ण लम्सालले गर्नुभएको थियो । सम्पन्न उक्त भेलाले साविकका दुबै पार्टीसम्बद्ध महिला आन्दोलनका हिसावले स्थापित नगरका अगुवा दर्जनौं नेतृत्वको उपस्थिति र यहिँ उपस्थिति माझबाट जनप्रतिनिधि, नगर उपप्रमुख तथा पार्टी नेतृ कृष्णाकुमारी पोखरेल निरौलाको नेतृत्वमा नेकपाले आफ्नो सुस्पष्ट राजनीतिक बैचारिक एकता सहितको संगठनात्मक एकता प्रक्रियालाई अघि बढाएसँगै पार्टीसम्बद्ध जनसंगठनको एकता प्रक्रिया पनि सघन ढंगले अघि बढेको छ ।

यो हिसावले हेर्दा– स्थानीय पालिका तहमा संगठन निर्माणको यो क्षण मोरङ जिल्लाकै पहिलो घटना हो, अनेमसंघ लेटाङले धेरैलाई उछिनेको छ र नेतृत्वमा रहनुभएका परिपक्व साथीहरूमाझ कमिटी गठन भएको छ– नगर पार्टी अध्यक्ष कृष्ण लम्सालले बताए  ।

भेलालाई प्रमुख अतिथिको रूपमा उपस्थित पार्टी जिल्लाा कमिटी सचिवालय सदस्य एवं नगर इञ्चार्ज भूपेन्द्र लावती, जिल्ला सदस्य शेरमान तामाङ, नगर कार्यालय सदस्य बालकुमार श्रेष्ठ, नगर पार्टीको तर्फबाट महिला विभाग प्रमुख शान्ता राईंले बधाईं शुभेच्छास्वरुप सम्बोधन गर्नुभएको थियो ।
यो जनसमुदायमा आधारित संगठन निर्माण प्रक्रियाले लेटाङभित्रकै वडा, टोल, छिमेकी पालिका र यसमातहतको पार्टीसम्बद्ध शक्तिलाई संगठित ढंगले क्रियाशील हुन जाँगर आउने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।  प्रमुख अतिथि पार्टी जिल्ला नेता भूपेन्द्र लावतीले परिवर्तनका पक्षधर विभिन्न पेशा, व्यवसाय, सीप, क्षमतामा आधारित सामुदायिक संगठनले आफ्नो भूमिका बुढाउनुपर्ने बेला आएको बताए ।  
गठित नगर कमिटीमा सचिव इन्दिरा फुयाँल र सदस्यहरू क्रमशः फुलमाया तामाङ, मनकुमारी राईं, कौशिला लिम्बु, पूनम मास्की, पूरनमाया राईं, गीता मगर, मेनुका सुवेदी, मीनाकुमारी विश्वकर्मा, आशा चेम्जोङ, मीना थापा, जानुका निरौला, कुमारी मग्रान्ती, सिर्जना खतिवडा रहेका छन्  । प्रस्तुत नेतृत्व निर्माणमा विशेषतः भूगोल र सम्पूर्ण भूगोलको अनिवार्य प्रतिनिधित्वलाई ध्यान दिइएको नगर पार्टी महिला विभाग प्रमुख शान्ता राईंले जानकारी दिइन् ।
फेरिएको राजनीतिक वस्तुस्थिति र यसले सिर्जना गरेका केही सजिला असजिला परिवेशमाझ एउटा गौरवपूर्ण आन्दोलनको स्थानीय स्तरमा नेतृत्व गर्न पाउँदा खुशी लागेको बताउँदै सामाजिक विभेद, समानता र हेयदृष्टिकोणलाई निमिट्यान्न पार्न अझै केही समय लाग्ने भएकोले राजनीतिक बैचारिक हिसावले प्रष्ट गन्तव्य सहितको अबिचलित महिला आन्दोदनको विकल्प नरहेको संयोजक पोखरेलले व्यक्त बताइन्  ।