बेलबारीः कलाकार राघव क्यान्सर रोगले पीडित भएको खवर थाहा पाएपछि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली उनलाई भेट्न उनको निवास पुगेकी छन छन्। बिहिवार जनप्रतिनिधिहरु वडा नं २ की खीना थापा बस्नेत,वडा नं ३ कि निशाकिरण राई वडा नं ४ कि आनन्द मोते सहित पुगेकी उपमेयर पराजुलीले कलाकार राघवको स्वास्थ्य अवस्था बारे जानकारी लिएकी छिन्।
उनले नगरपालिकाको पहिलो सम्पत्ति नै नागरिकको स्वास्थ्य भएका कारण राघवको विग्रदो स्वास्थ्य अवस्था प्रति नगरपालिका परिवार चिन्तित रहेको बताइन् । राघवको प्रतिभाका कारण स्थानीय संघ संस्थाले थप उचाइ प्राप्त गरेका छन्।बेलबारीले थप पहिचान पाएको छ। तसर्थ बेलबारीको एउटा सुन्दर परिचयको रुपमा स्थापित राघवलाई बचाउने दायित्व हाम्रो (स्थानीय सरकारको)पनि हो।त्यसैले उनको उपचारमा पालिकाको तर्फबाट सहयोग भइरहेको छ।थप उपचारको लागि पनि पहल गरिने छ-उपप्रमुख पराजुलीले भनिन् ।
वडाका जनप्रतिनिधिसहित राघवको घर पुगेकी उपमेयरले आर्थिक अवस्था अत्यन्तै दयनीय भएका राघवको परिवारलाई चामल,दाल,नुन,तेल साबुन लगायत खाद्यान्न र अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराएको उपमेयर पराजुलीले बताइन् ।
बेलबारी ९ भक्काचोक निवासी कलाकार राघव विगत ७ महिनायता लिभरक्यान्सरका कारण ओछ्यानमा छन् ।आफ्नो प्रतिभाका कारण स्थानीय विकासमा अनेकौं योगदान पुर्याएका कलाकार राघवलाई देश विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको स्थानीय समाजसेवी गंगा श्रेष्ठले बताइन् ।