दुहबी: थारु समुदायले मनाउने जितिया पर्वको अवसरमा सुनसरीको दुहबीमा सांस्कृतिक कार्यक्रम भएको छ ।

विभिन्न सङ्घ संस्थाको संयुक्त आयोजनामा जितिया विशेष कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले जितिया पर्वको शुभकामना दिँदै महिलाले राजनीतिक क्षेत्रमा पनि नेतृत्व लिनुपर्नेमा जोड दिए । गच्छदारले अहिलेको वर्तमान सरकारले जनतालाई सुरक्षा र न्यायको अनुभूति दिन सक्षम नभएको बताए ।

कार्यक्रममा दुहबी क्षेत्रका विभिन्न महिला समूह तथा किशोरीको समूहले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

jitiya bises (1)