धनकुटा: पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवा स्मृतिको अवसरमा धनकुटामा स्मृति सभाको आयोजना गरिएको छ । हरिराज खेवा स्मृति प्रतिष्ठानको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो ।
४ बर्ष अघि आजकै दिन धनकुटाको सिधुवामा १४ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा परि खेवाको निधन भएको थियो
। स्मृति सभामा स्वर्गिय खेवाको योगदानको सम्झना गरिएको छ । स्व खेवाको नाममा २०७३ साल कार्तिक ११ गते दर्ता भएको प्रतिष्ठान भएको थियो ।

हरिराज खेवा स्मृति प्रतिष्ठानले २०७५ सालमा दोस्रो स्मृति सभाको अवसर कला साहित्य पुरस्कारका लागि एक लाख ११ हजार १ सय ११ रुपैया बरावरको अक्षकोषको घोषणा गरेको थियो ।

उक्त अक्षयकोषबाट हरेक बर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पुर्याउने ब्यक्तित्वहरुलाई पुरस्कृत गरिने भनिएको भएपनि कोरोनाको कारणले यो वर्ष हुन नसेकेको खेवाकी पत्नी गिता गुरुङ्ग(खेवा) ले जानकारी दिए ।

पूर्व एमालेको विद्यार्थी संगठनबाट राजनिति यात्रा शुरु गरेका खेवाले २०६४ सालमा पूर्व नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित भई अर्थराज्य मन्त्री भएका थिए ।
२०७३ साल श्रावण १३ धनकुटाको सिधुवा बजारमाथि भएको बस दुर्घटनामा परि धनकुटाको मारेककटहरेमा कार्यकर्ता भेटघाटको कार्यक्रम सकेर धनकुटा सदरमुकाम तर्फ फर्कने क्रममा खेवाको ज्यान गएको थियो। संखुवासभाको मुढेशनिश्चरेबाट सुनसरीको धरानतर्फ हिँडेको बा २ ख ७३६६ नम्बरको डाँफे मुनाल यातायात दुर्घटना परि पूर्व अर्थ राज्यमन्त्री खेवा सहित १४ जनाको मृत्यु भएको थियो ।