इटहरीः  इटहरी उपमहानगरपालिकाले नगर बस सँचालन गर्ने भएकाे छ । अाज जारी नगरसभामा उपमेयर लक्ष्मी गाैतमले नगरका नागरीककाे सहज सेवा र गाउँ शहर जाेड्ने उदेश्य अनुरूप नगरबस सँचालन गर्न लागिएकाे जानकारी दिइन् । 

नगर बस सँचालनका लागि अार्थिक वर्ष २०७७-२०७८ का लागि ५० लाख बजेट विनियाेजन गरिएकाे छ । त्यस्तै ठुला सवारी साधन टिपर, मालबाहक ट्रक पार्किङका लागि वडा नम्बर ५ मा ५० लाखको लागतमा पार्किङ निमार्ण गरिने भएको छ । 

अहिले इटहरी ५ काे लायन्स क्लबमा नगर सभा संचालन भइरहेकाे छ ।